
१० श्रावन २०७८, आइतवार
दाङ प्रहरीले जरायोको सिह सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया बबई गाउँपालिका वडा नं १ गंगटेका जीवन घर्ती, बबई ४ हापुरेका इन्द्रबहादुर केसी र सल्यान शारदा नगरपालिका वडा नं. ४ का विनोद वली रहेका छन ।
पश्चिम बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ४९७ नम्बरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ वरामद गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये केसी एम्बुलेन्स चालक हुन्। पक्राउ परेकाहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रवक्ता, डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए।