
९ श्रावन २०७८, शनिवार
इलामको फाकफोकथुममा जंगली च्याउको तरकारी खाँदा बाबुछोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा दुवै जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।