९ श्रावन २०७८, शनिवार

नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमान्ड घोषणा गरेको छ।

https://amzn.to/4myfPN5

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबिच एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।

कार्यक्रममा उपस्थित भएका हुन् ।

कार्यक्रममा बोल्दै एमाले महासचिव ईश्वर पोखरेलले आफ्ना नेता कार्यकर्तालाई ज्यादती र आतंकबाट जोगाउँदै सुरक्षाको प्रत्याभूतिका लागि तत्कालीन समयमा युथ फोर्स जन्मिएको बताए । माओवादी आतंक बढिरहेको समयमा जनताको सुरक्षाका लागि युवाहरुको शक्तिको जन्म भएको उनको भनाइ थियो ।

उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए ।

उनले युथफोर्सलाई अब भ्रष्टचारविरुद्ध अभियान चलाउनसमेत निर्देशन दिएका छन् ।

उक्त कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानहरूबाट युथफोर्सले मोटरसाइकल -याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर