
९ श्रावन २०७८, शनिवार
मलेसियामा ज्यान गुमाएका पाल्पाका एक नेपालीको शव आज नेपाल ल्याईएकोे छ । गाउँवाट गएका पन्ध्रजना मलामिहरुले शव पशुपतिमै दाहसंस्कार गरिएको मृतकका दाजु रुद्र वहादुर सुनारीले वताए ।
पाल्पाको निस्दि गाउँपालिका वडा न ४ घर भई मलेसियामा कार्यरत यम वहादुर सुनारीको जुलाई दश तारिखका दिन हदयघातका कारण मृत्यु भएको थियो । सुतेको ठाउँमा उनको मृत्यु भएको मलेसियामा रहेका नेपालीहरुले जनाएका छन ।
सात वर्ष अगाडि मलेसिया गएका २६ वर्षिय सुनारी परिवार संग पनि लामो समय सम्म सम्पर्क विहिन भएर वसेका थिए । सुनारी मलेसिया गएपछि एकपटक पनि घर फर्किएका थिएनन ।