८ श्रावन २०७८, शुक्रवार

कोरोना बिरुद्धको कोभिड खोप नपाए सम्म कुनै पनि शैक्षिक क्रियाकलाप संचालन नगर्ने शिक्षक तथा कर्मचारीहरुले चेतावनी दिएका छन ।जिल्लाको रिब्दीकोट गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयका शिक्षक तथा कर्मचारीहरुले जिल्ला तथा स्थानीय तहको उपेक्षको कारण हाल सम्म प्रत्यक्ष बिद्यार्थी तथा अभिभाबक संग सम्पर्क हुने शिक्षकहरुलाई खोपको लागी ब्यबस्था गर्न अपिल गरेको छन् ।

पालिका भरिका शिक्षक तथा कर्मचारीहरुले खोपका लागी गाउँपालिकामा ज्ञापन पत्र बुझएका छन ।शुक्रबार रिब्दीकोट गाउँपालिका भित्रका पेशागत संघ,संगठन,प्रअको सामुहिक निर्णयले खोपको ब्यबस्था नगर्दा सम्म बिद्यालयमा भएका अनलाइन कक्षा,कक्षा ११,१२को परीक्षा,इएमआइएस भर्ने काम,लगायत बिद्यालयका सम्पूर्ण गतिबिधि बन्द गर्ने निर्णय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन रिब्दीकोटका अध्यक्ष रुद्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर