८ श्रावन २०७८, शुक्रवार

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएकी खनाकी श्रीमती विष्णु खुनाको उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल चालक वेदकोट नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय धनबहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर