हरी कृष्ण न्यौपाने/कुबेत

रोजगारीका लागि कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्यु भएको छ।

यसरी मृत्यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सिराहाका राजीउल्ला मोहमद रहेका छन।

राहदानी नं-१०६६७३०१की सुमित्रा तामाङ अबैधानिक रुपमा भारतीयबाटो हुँदै घरेलुकामदारका रुपमा काम गर्न कुवेत आईपुगेकी थीइन।

उनले २०,जुलाई,२०२१का दिन आफ्नो स्पोन्सरको घरमा झुन्डिएर आत्महत्या गरेकी थीइन।

राहदानी नं- ०६९५३३३५का अमिर तामाङको जुलाई १९,२०२१ का दिन हृदयघातका कारण मृत्यु भएको हो।

२५ बर्षिय अमिर सामान्य अवस्थामै सुतेकोमा बिहान मृत भेटिएका थिए।उनी केही समय देखी अबैधानिक रुपमा भागेर काम गर्दै आएका थिए।

त्यसै गरी राहदानी नं-०९८७९९१० का राजीउल्ला मोहमदको १८ जुलाई,२०२१ का दिन मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।

उनी हार्दिस पिज्जामा होम डेलिभरी मोटरसाइकल सबारी चालकको रुपमा काम गर्दै आएका थिए।

नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले सुमित्रा तामाङ-धनकुटा,अमिर तामाङ-लम्जुङ र राजीउल्ला मोहमद-सिराहाको मृत्यु बारे नेपाली राजदूताबासमा जानकारी आएको बताए।

उनले भने”यो हप्ता ३ जना नेपालीहरुको मृत्यु भएको छ।

हामीले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि सम्बन्धित निकायहरु तथा कम्पनी(स्पोन्सर) संग समन्वय गरी कानूनी प्रकृया शुरु गरेका छौ, सम्बन्धित परिवारलाई दूताबासको सम्पर्कमा आउन अनुरोध गर्दछौ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर