
७ श्रावन २०७८, बिहिवार
पाल्पाको रामपुर नगरपालिकाको ३ बोटेगाउँ क्षेत्र शिल गरिएको छ ।
बोटेगाउमा बिहिबार गरिएको ५० जनाको परिक्षणमा २० जनामा पोजेटिभ देखिएको छ । रामपुर नगरपालिका वडा नम्बर ३ कोभिड१९ रोकथाम नियन्त्रण व्यबस्थापन सहजीकरण समन्वय समितिका अध्यक्ष तथा वडा अध्यक्ष दिनेश कुमार खनालको अध्यक्षतामा बसेको भेलाले कोरोना संक्रमण फैलन सक्ने संभावना र सुरक्षित उपायको लागि साउन ७ गते राती १२ बजेदेखी साउन १४ गते राती १२ बजेसम्मका लागि पुर्ण रुपमा शिल गर्ने निर्णय गरेको हो ।
एकहप्ता शिल गरिएको क्षेत्रमा वडा अध्यक्ष, स्वास्थ्यकर्मीको रहोबरमा समिति निर्माण गरेर शिललाई पुर्ण कार्यान्वयन गराउने स्थानीय खगेश्वर बोटेले जानकारी दिनुभयो ।
यही हप्ता बोटेगाउकी २९ बर्षे महिलाको बुटवलमा र लुम्बिनी मेडिकल कलेजमा पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका ४९ बर्षका पुरुषको ज्यान गएको थियो ।