
७ श्रावन २०७८, बिहिवार
इलाममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
इलाम नगरपालिकाका १३ महिला र १९ पुरुष, सूर्योदय नगरपालिकामा ३ महिला र ६ पुरुष, माइजोगमाइ गाउँपालिकामा १ महिला र १ पुरुष, फाकफोकथुम गाउँपाकिलामा १ जना महिला र १ जना पुरुष र रोङ गाउँपालिकामा १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
इलाममा आज थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोङ गाउँपालिकाकी २५ वर्षीया महिला र इलाम नगरपालिका ५ का ७५ वर्षीय पुरुष रहेका छन् ।
इलाममा हालसम्म कोरोना संक्रमणको कारण ६३ जनाको मृत्यु भइसकेको छ ।