
७ श्रावन २०७८, बिहिवार
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिएका छन्। ३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका, देवदह नगरपालिकामा २–२ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।
जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३४ रहेको छन्।