७ श्रावन २०७८, बिहिवार

पाल्पाका पुस्तक ब्यबसायीहरु कोभिड खोप लगाउन पाउ भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।

बिहिबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ पाल्पामा आबद्ध ब्यबसायीहरुले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन ।

पुस्तक तथा स्टेशनरीलाई सरकारले औषधी,खाद्यान्न सरह अत्यावश्यक बस्तुको रुपमा मान्यता दिएकोले आफुहरुले खोप पाउनुपर्ने नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले वताए ।

पाल्पा जिल्लामा ७० वटा ब्यबसायीक फर्ममा कार्यरत संचालक तथा कर्मचारीलाई करीव २ सय खोप आवश्यकता रहेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर