७ श्रावन २०७८, बिहिवार
पाल्पामा दैनिक रुपमा हुँदै आएको विद्युत कटौतीको समस्या समाधान हुने भएको छ ।
बुटवलदेखि जंगलको बाटो भएर ल्याइएको ३३ केभी प्रशारण लाइनमा पटक पटक समस्या आएपछि आधिखोलास्थित गल्याङ-पाल्पा प्रशारण लाइन जडानसंगै समस्या हुने भएको हो ।
पाल्पा र गुल्मी जिल्लाका लागि आधिखोलादेखि ३३ केभी प्रसारण लाइन सप्लाइ गरिएको पाल्पा वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले बताए ।
लामो जंगलको बाटो भएर तार ल्याउनुपर्ने हुँदा पाल्पामा विद्युत समस्या हुँनासाथ समस्या समाधान गर्न समेत समस्या हुँदै आएकेमा नयाँ प्रशारण लाइन जडानले सहज हुने विश्वास पाल्पा वितरण केन्द्रले लिएको छ ।
नयाँ प्रशारण लाइन जडान पश्चात नियमित विद्युत आपूर्तीले दैनिक कामकाजमा सहज हुने अपेक्षा रहेको छ ।