
६ श्रावन २०७८, बुधवार
तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको छ ।
नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा बुधबार आठ जना आरन व्यवसायीलाई औजार तथा उपकरणहरु प्रदान गरेको हो।
नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डरलगायतका औजार प्रदान गरेको हो ।
पुर्खौंदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले औजार तथा उपकरण प्रदान गर्दा आफूहरु निकै उत्साहित भएका छन ।
एक दशकअघिसम्म प्रायः गाउँमा रहेका आरन व्यवसायीहरु पछिल्लो पटक घट्दै गएका छन् ।
तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा रहेको अनुमान छ।