५ श्रावन २०७८, मंगलवार
वलत्कार पछि जन्भिएको वच्चाको मृत्यु भएपछि पाल्पामा एक रहस्यमय खुलेको छ ।
पाल्पाको तानसेन नगरपालिकाकी एउटी अविवाहित महिलाले सन्तान जन्माएपछि १० महिनाअघि उनी बलात्कृत भएको तथ्य खुलेको हो ।
अविवाहित रहेकै अवस्थामा उनले असार ३० गते छोरीलाई जन्म दिएकी थिइन् ।
तर नवजात शिशु बिरामी भइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको निधन भएपछि घटना बाहिरिएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीका अनुसार ती महिलालाई तानसेन नगरपालिकाकै ४४ वर्षीय अजुर्न विकले बलात्कार गरेका थिए । बलात्कृत महिलाले गर्भधारण गरे पनि लामो समय घटना प्रकाशमा आउन सकेको थिएन ।
बलात्कृत महिलाले सोमबार जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता त्वातीले जानकारी दिए ।
प्रहरीले बलात्कार आरोपितलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको प्रहरीको भनाइ छ ।