
५ श्रावन २०७८, मंगलवार
सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ ।
बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी ६० बर्षीय किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको छ ।
उक्त मठमा पूजारीको रुपमा विगत ४५ बर्षदेखि काम गर्दै आएको स्थानिय वासिन्दाले वताएका छन ।