
रोल्पामा पर्माकल्चर विधिबाट तरकारीखेती शुरू गरिएको छ । सुनीलस्मृति गाउँपालिका–६ दलंगामा पर्माकल्चर कृषि समूह नै गठन गरेर यो विधिबाट तरकारीखेती शुरू गरिएको हो ।
पर्माकल्चर विधिमा कीटनाशक रासायनिक विषादीको प्रयोग नगरी टर्रो, तीतो, अमिलो र पिरो वस्तुलाई भाँडामा कुहाएर बनाइएको झोलमलको प्रयोग गरिन्छ ।झोल र मलमा सूक्ष्म जीव जीवित रहने हुँदा उत्पादनमा वृद्धि हुने बताइएको छ ।
पासो बनाएर कीरा मार्ने, रैथाने बालीको संरक्षण गर्ने यो विधिको मुख्य उद्देश्य हो । पर्माकल्चर खेतीबाट जलवायु अनुकूलन र उत्पादनमा पनि वृद्धि हुने गरेको अगुवा कृषक इन्द्रबहादुर थापाले बताए ।
निर्वाहमुखी खेतीबाट आत्मनिर्भरमुखी बनाउन वडा कार्यालयले पनि कृषकलाई विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरेको सुनीलस्मृति गाउँपालिका–६ का वडाध्यक्ष अर्जुन सुवेदीको भनाइ छ ।