
४ श्रावन २०७८, सोमवार
नेकपा एमाले सम्बद्ध युवा संघ नेपालका कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन्।
सोमबार नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ मा युवा संघका कार्यकर्ताले उनी विरुद्ध नाराबाजी र प्रदर्शन गर्दै पुत्ला जलाएका हुन्।
प्रदर्शनमा सांकेतिक रूपमा नेपालको दाहसंस्कार पनि गरिएको थियो। प्रदर्शनलाई साम्य पार्न प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो।