
४ श्रावन २०७८, सोमवार
सामाजिक संन्जाल र विभिन्न अनलाईनमा समाचार आउन थालेपछि मलेसिया रहेको खिम वहादुर पुन मगरले सहयोग पाउन थालेका छन ।
खिमले आफनो घर बागलुङ जिल्लाको निसिखोला गाउँपालिका भएको वताएपनि खासमा उनको घर पाण्डवखानी गाउँपालिका वडा न तीन र हालको गल्कोट नगरपालिका वडा न दश सोरमाने गाउँ रहेको रहेको जानकारी आएको छ । अहिले परिवार सवैजना वाग्लुग वजारमा समेत वसाईसरेर गएको वुभिएको छ ।
पछिल्लो समयमा स्टानफोर्स सेक्युरिटि कम्पनीमा कार्यरत रहेका उनी यतिवेला निकै विरामि भएका छन ।
रोगले ग्रस्त भएर ओछयानमै दिसापिसाव गर्ने सम्मको अवस्था आएपछि खिम को उद्धारको प्रकृया शुरु भएको हो ।
परिवारले दिएको जानकारी अनुसार खिम रोजगारीको लागि मलेसिया गएको वाईस वर्ष भैसकेको छ ।
खिम मलेसियामा लामो समयदेखि अवैधानिक अवस्थामा रहेर काम गरिरहेका थिए । परिवारले निकै खोजीगर्दा समेत खिमको सम्पर्क हुन सकिरहेको थिएन ।
मलेसिया रहेका विष्णु गौतम पत्रकार त्रिलोचन गौतम, सहयोगि विकास कौशल,पुर्ण लिम्वु तथा मलेसियामा रहेका नेपाली सहयोगीहरु तथा नेपालका रहेका रोशन विश्वकर्मा लगायतका सहयोगीहरुको सहयोगमा खिम को थप उपचारमा सहयोग भैरहेको छ ।नेपाली दुतावासको समेत सम्पर्कमा आएका पुनको हाल सेलायाग अस्पतालमा उपचार भैरहेको छ ।
उनलाई मलेसियामा रहेका विकास कौशलले एम्वुलेन्सलेको ब्यवस्था गरी अस्पतालमा लगेर भर्ना गराएका थिए ।
हाल खिमको अवस्थामा केहि सुधार आएको छ ।
खिमको परिवारमा वुवा र चार दिदीवहिनी रहेका छन ।
नेपालमा रहेका परिवार सम्पर्कमा आईसकेको र उद्धारको प्रकृयामा थप सजिलो हुने अभियान्ता रोशन विश्वकर्माले जानकारी गराए ।
यो पनि पढ्नुहोस
मलेसियावाट खिम पुनले गरे सहयोगको अपिल (भिडियो सहित)