४ श्रावन २०७८, सोमवार

नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगैं धेरैजसो सांसद मन्त्री बन्नको लागि अवसर खोजीरहेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

देउवा प्रधानमन्त्री भएसँगैं कांग्रेसका सांसदहरु मन्त्री बन्न सक्रिय भएका हुन् ।

सभापति देउवाले आफू निकट खाँण र कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन् । कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्का लाई पनि सहभागी गराउने निश्चित रहेको स्रोतको दावी छ ।

भुसाल अहिले कांग्रेस सचेतक छिन् । प्रमुख सचेतक खाँणले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । संसदीय दलका नेता देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक र भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने तयारी गरेका छन् ।
पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दावी छ ।

यसैगरी दिलेन्द्रप्रसाद बढु, ‘प्रमोद यादव, राजन केसी, तेजुलाल चौधरी पनि मन्त्री वन्न खोजीरहेको निकट स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर