
३ श्रावन २०७८, आइतवार
कपिलवस्तुमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वर प्रसाद यादवलाई प्रहरीले एकथान पेस्तोलसहित पक्राउ गरेको हो ।
यादवलाई हातहतियार-खरखजना मुद्दामा कपिलवस्तु जिल्ला अदालतले एक वर्षअघि धरौटीमा छाडेको थियो ।
साउन १ गते साँझ पक्राउ परेका उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
उनलाई कपिलवस्तु नगरपालिकाको जहदीचोकस्थित तौलिहवा जितपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।