३ श्रावन २०७८, आइतवार
मुस्ताङको घरपझोङ ५ ठिनी खोलामा कच्ची काठेपुल तर्ने क्रममा आइतबार बिहान ट्रक पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रक दुर्घटना हुँदा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका १ का ३८ वर्षिय चित्रबहादुर श्रेष्ठ र २६ वर्षिय मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा चार जना घाईते भएका छन । घाईतेहुनेहरुमा बाग्लुङ ढोरपाटन अधिकारीचौरका सुनिल घर्ती मगर ,सोही स्थानका लुद्रबहादुर कामी, पर्वत जलजलाका सहचालक दिनेश दर्जी र ओखलढुङ्गा खिन्दीदेम्बाका दावा शेर्पा घाइते भएका छन् ।
घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दीबाट मुस्ताङको घरपझोङ ५ स्थित कुछ्प तेरङ्गा गुम्बा भवनका लागि निर्माण सामाग्री लिएर गएको ग १ ख ६८५२ नम्बरको ट्रक अस्थायी काठेपुलले धान्न नसकेर दुर्घटना भएको हो ।
ट्रकका चालक शिवराम ठाडालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।









