
२ श्रावन २०७८, शनिवार
पाल्पा– पाल्पाको निस्दी गाउँपालिकामा एक महिलाको घरको भर्याङ्बाट लडेर मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दी गाउँपालिका वडा न ४ छापडाँडा बस्ने ५१ वर्षकि दिल कुमारी सुनारीको निधन भएको हो ।
सुनारी आफनै घरको करीव ८ फिट माथिको भर्याङ्बाट तल खसेकि थिईन ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङ्गबाट टोली खटिइ अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिए ।