
२ श्रावन २०७८, शनिवार
कन्चनपुरको बेदकोट नगरपालिका–४ लिङ्गामा बस्दै आएका करिब ७५ वर्षीय साधु किसन नाथ मृत फेला परेका छन्।
स्थानीयले शनिबार बिहान साधुलाई मृत अवस्थामा फेला पारेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
साधु गिरी लिङ्गा क्षेत्रमा चार वर्षदेखि बस्दै आएको बताइएको छ।