२ श्रावन २०७८, शनिवार

ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

वडा नम्बर ७ पात्ले, वाख्रेकी ३२ वर्षीयासुनिता लामिछानेको उपचार अभावमा ज्यान गएको हो।
शुक्रवार विहान सामान्य अवस्थामै घरमै सुत्केरी भएकी लामिछानेलाई उच्च रक्तश्राव भएपछि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

गाउँपालिका केन्द्रमा रहेको स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा लैजाने गर्दा वाटोमै उनको मृत्यु भएको हो । वच्चाको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर