२ श्रावन २०७८, शनिवार

थोरै रकम नवुझाएर फरार रहेका एक ब्यक्ति चार वर्ष पछि पक्राउ परेका छन ।

सिन्धुली जिल्ला अदालतले कमलामाई नगरपालिका–१३ का गिरिजा थापालाई २०७४ साउन १६ मा लेनदेनको मुद्दामा दोषी ठहर गर्दै २ सय ८१ रुपैयाँ ३३ पैसा जरिवाना तोकेको थियो । तर उनी पैसा नवुझाईन फरार भएका थिए ।
यसरी पैसा नवुझाईन लुक्दै हिडेका उनलाई चार वर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरबाट पक्राउ गरिएको सिन्धुली प्रहरी प्रवक्ता मनोजकुमार लामाले जानकारी गराएका छन ।

अदालतको लगत नं १०७९ अनुसार फरार देखिएकाले उनलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर