
३१ आषाढ २०७८, बिहिवार
लगातार परेकाे पानीका कारण गढवा गाउँपालिका वडा नम्बर ५ काे मघरी र लालपुर गाउँ डुबानमा परेकाे छ।
भालदाेन्द्रे खाेलाकाे पानी बस्तीमा पस्दा२५ घर डुबानमा परेकाे हाे।
पानी विहानै देखि परिरहेको र रोकिने छाट देखिएको छैन ।
अहिले सो ठाउँका वस्तीका मानिसहरुले सहयोगको अपिल गरेका छन ।
यसैगरी राप्ती नदीमा आएकाे बाढीका कारण गढवा जाेड्ने पक्की पुलकाे दक्षिण किनारकाे एप्राेचमा क्षति पुगेकाे छ।