३१ आषाढ २०७८, बिहिवार

यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् ।

https://amzn.to/4myfPN5

थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।

पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगङ्गाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर