
३० आषाढ २०७८, बुधवार
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् (एनआरएन) लक्जम्बर्गको अध्यक्षमा पुनः हरि बहादुर खत्री सर्बसम्मत भएका छन् ।
जुलाई ११ मा सम्पन्न परिषद्को अधिबेशनले खत्रीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा रमाकान्त शापकोटा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरि राई, सचिवमा विश्वजित बहादुर थापा, सहसचिवमा युद्ध ब थापा क्षेत्री, कोषाध्यक्षमा नारायण प्रसाद दवाड़ी र सहकोषाध्यक्षमा बिष्णु खत्रीलाई चयन गरेको छ ।
त्यस्तै युवासंयोजकमा नबज्योत निऊरे, प्रवक्तामा झलक ब महत र महिला संयोजकमा दुर्गा के सी थापालाई चयन गरेको छ भने सदस्यहरुमा हिमाल सापकोटा, राजु गौतम, यम बहादुर थापा, कविता देवी शर्मा अर्याल, कृष्ण बहादुर कार्की र रामेश्वरी लामिछाने चयन भएका छन् ।
त्यसैगरी बालकुष्ण सापकोटालाई संघको आइसीसी सदस्यमा सर्बसम्मतले चयन गरिएको छ भने नारायण बहादुर गुरुङ र शान्ति सापकोटालाई परिषद्को सल्लाहकारमा चयन गरिएको छ ।