३० आषाढ २०७८, बुधवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दार्चुलामा वैशाख २५ गतेदेखि जारी गरिएको निषेधाज्ञा शुक्रवारदेखि खुला हुने भएको छ।

कोभिड–१९ व्यवस्थापन समितिको बैठकले  स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेर निषेधाज्ञा खुला गरिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए।

सङ्क्रमण देखिएका स्थानीय तहमा सोही स्थानीय तहले निषेधाज्ञा लगाउन सक्नेछन्।

यस्तै भारत सङ्ग सीमा जोडिएका झोलुङ्गे पुल स्थानीय तहले एन्टिजेन परीक्षण गर्ने प्रतिबद्धता गरे मात्र खोल्न सकिने प्रजिअ जोशीले बताए।

यस्तै बुधबार बसेको बैठकले जिल्लाभित्र संञ्चालन हुने प्रत्येक सार्वजनिक सवारी साधनहरुले अनिवार्य रुपमा सम्बन्धित समितिबाट प्रमाणित गरेको भाडादर रेट यात्रुहरुले देखिने गरी टास्नु पर्ने तथा सो नटासेको पाइएमा सम्बन्धित सवारी साधनलाई कारबार्हि हुने बताइएको छ।

यस्तै बैठकले शैक्षिक संस्थाहरु विद्यालय,कलेज,ट्युसन सेन्टर तालिम केन्द्र हाल निषेधाज्ञाकै अवस्था रहेकाले अर्को व्यस्था नभएसम्मका लागि बन्द रहने कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ।

जिल्लामा हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२ रहेको छ। भने पाच वटा स्थानीयमा कोरोनाका संक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर