३० आषाढ २०७८, बुधवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटार छाडेर  बुधबार आफ्नो निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै नेपाललाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका हुन्।

https://amzn.to/4myfPN5

नले भने, ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’

उनले नेपाललाई लाजसरम हराएका व्यक्तिको संज्ञा समेत दिएका छन्। उनले भने, ‘माधव नेपाल जस्ता लाज सरम हराएका मान्छेहरु, विश्वासघाती तत्वहरुलाई स्वीकार्न सकिँदैन।’

आफ्नो विकासप्रेमी सरकार ढाल्ने कार्यको अगुवाइ नेपालले गरेको ओलीको आरोप छ।

नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरुले कमीकमीजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर