३० आषाढ २०७८, बुधवार

पाँचथरको कुम्यायक गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । उपचार केन्द्र स्थापनाका लागि नेत्र ज्योती संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेल र कुम्मायक गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ बिच आर्थिक वर्षदेखि सुरु गर्ने गरी  सम्झौता भएको हो ।

गाउँपालिकाले नेत्रज्योति संघलाई रकम एकमुष्ट र स्वास्थ्य पढेका दुई जना कर्मचारी छनोट गरेर दिने र संघले उपचार केन्द्र स्थापनादेखि उपकरण, कर्मचारीको तलबलगायतको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । यसका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

गाउँपालिकाको केन्द्र यासोक बजार मा स्थापना गरिने सो आँखा उपचार केन्द्र बाट जिल्लाको दक्षिण भेगका अधिकांस गाउँका नागरिकले सेवा लिन फाइदा पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर