२९ आषाढ २०७८, मंगलवार

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तत्कालै विदेश जानेहरुलाई खोप लगाउनको लागि अनुरोध गरेको छ ।

पालिकाले सुचना जारी गर्दे गाउँपालिकामा स्थायि ठेगाना भई तत्काल विदेश जानु पर्ने तर भेरोसेल खोप नलगाएको कारणले जान वन्चित हुनु परेका ब्यक्तिहरुले विदेशजान आवश्यक पर्ने भिषा सुनिश्चित भएको कागजात गाउँपालिकाको सिफारिस लिई नजिकैको स्वास्थ चौकिवाट खोप लगाउनको लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

गाउँपालिकाका प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले खोप नलगाएका कारण विदेश जान वाट कोहि पनि वन्चित हुन नपरोस भनेर भेरोसेल खोप लगाउनको लागि सुचना निकालेर अनुरोध गरिएको वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर