२९ आषाढ २०७८, मंगलवार

उदयपुरमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने ४ जना पक्राउ परेका छन् । ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका-६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।

उनीहरूले ती महिलालाई यही असार १५ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर