
२०७८ असार २८
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका-९ ढकेरी बस्ने २८ वर्षीय जित बहादुर थारूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेको २०७७ चैत १२ गतेको फैसलाले ९ वर्ष ८ महिना २२ दिन कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।