२८ आषाढ २०७८, सोमवार
तनहुँको व्यास नगरपालिका–१० घर भई हाल काठमाडौं बस्दै आएकी अञ्जु गिरीले वडाका ३ मिर्गौला पीडितलाई शनिवार ६० हजार रुपैयाँ सहयोग गरेकी छन् ।
उनले वडाध्यक्ष तुलसीराम सापकोटाको रोहबरमा स्थानीय हृदय कुमाल, गोविन्द विक र इन्द्रबहादुर रानालाई जनही २० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स खरीद अभियानमा समेत गिरीले ५० हजार रुपैयाँभन्दा बढी सहयोग गरेकी थिइन् ।रासस