२८ आषाढ २०७८, सोमवार

सिन्धुलीमाढीको कमलामाई नगरपालिका–४ को ढुंग्रेबासका पाचँवटा पसलमा चोरी भएको छ । कपडा, तरकारी, टेलर र मासु पसल र घरको ढोका फोरेर चोरी भएको प्रहरीले जनाएको छ ।
चोरहरुले

व्यवसायीहरुको रेडिमेड कपडा, सुन, नगद, रिचार्ज कार्ड, तयारी मासु, दही, घ्यूलगाएतका सामानहरु लगेको छ । पसलमा रहेको सामान मौज्दातको रेकर्ड हेरेपछि मात्र के कति चोरी भयो भन्ने यकिन हुने व्यापारीहरुको भनाइ छ ।

चोरी भएको ठाउँभन्दा प्रहरी चौकि मात्रै दुईसय मिटर टाढा रहेको छ ।
सीसीटिभी फुटेजको रेकर्ड आधारमा चोरीमा संलग्न भएकाहरुको खोजी कार्यलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजकुमार लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर