२८ आषाढ २०७८, सोमवार

चितवनमा पनि कोरोना भाइरसको डेल्टा भेरिएन्ट फेला परेको छ।

कोरोना पोजिटिभ देखिएका पाँच नमूना परीक्षणका क्रममा दुईटा नमूनामा डेल्टा भेरिएन्ट पत्ता लागेको भरतपुर अस्पतालले जनाएको छ। पहिलो लहरको अल्फा भेरिएन्ट भन्दा कोरोना डेल्टा भेरियन्ट बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।

डेल्टा भेरिएन्टले बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञहरुले बताएको अस्पतालले जनाएको छ।

अस्पतालले नागरिकहरुलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्डहरु र जिल्ला प्रशासन कार्यालय, चितवनबाट जारी भएको निषेधाज्ञाका नियमहरु पूर्ण रुपमा पालना गरि सुरक्षित रहन अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर