२८ आषाढ २०७८, सोमवार
बलत्कारको आरोपमा सल्यानवाट एक वडा सचिवलाई प्रहरीले प्रकाउ गरेको छ । त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
२१ वर्षीय युवतीलाई वडा कार्यालयमै लगेर बलात्कार गरेको आरोपमा सचिव कालाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएको असार १९ गते वडा कार्यालयमा जाँदा आफूलाई कोठाभित्रै बलात्कार गरेको आरोप लगाउदै युवतीले असार २५ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् ।
घटनाको साता दिन बित्नै लाग्दा युवतीको परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताइएको छ । आरोपीत कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।