२७ आषाढ २०७८, आइतवार

मुगु जिल्ला लाई यसै वर्ष भित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मुगुको आयोजनामा आज भएको कार्यक्रममा सरोकारवालाले यस्तो प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सूर्य बहादुर खत्री ,छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही, नेपाल शिक्षक महासङ्घ मुगुका अध्यक्ष जङ्ग बहादुर शाही,पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर रोकाया, समन्वय उपप्रमुख कर्णशिला मल्ल,उपप्रमुख सुन्तला रोकाया,प्रजिअ चन्द्र बहादुर शिवाकोटी, महाकाली उचचमाविका अध्यक्ष लोकेन्द्र बहादुर मल्ल,शिक्षा विज्ञ देवीकृष्ण रावल,प्रअ देव बहादुर मल्ल,गैससबाट किर्डाक नेपाल मुगुका प्रमुख टेक बहादुर शाही लगायकाले सवैले आआफनो ठाउँवाट काम गर्ने हो भने जिल्लालाई साक्षर जिल्ला वनाउन सकिने धारणा राखेका थिए ।

सरकारले घोषणा गरेका साक्षर जिल्लामा ७७ जिल्लाहरू मध्ये हाल सम्म ३० जिल्ला साक्षर जिल्ला घोषणा हुन बाकी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर