२७ आषाढ २०७८, आइतवार

निःसहाय महिलाको आश्रयस्थल इटहरीस्थित माया घरका ३६ जना महिलालाई कोरोना संक्रमण पुष्टि भए पछि माया घरलाई सिल गरिएको   छ । ५० जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३६ मा कोरोना पुष्टि भएको थियो ।

रुघा, खोकी र सामान्य ज्वरो फैलिएपछि परीक्षण गरिएको माया घरकी सचिव सुभद्रा प्याकुरेल वताईन । इटहरी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आइसोलेन सर्पोट टिम संयोजक रामकुमार धमलाकाअनुसार ३६ जनामध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता लक्षणहरु देखिएका छन्।
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले माया घरलाई सिल गरिएको जानकारी गराईन । माया घरलाई आवश्यक सहयोग गर्न थालिएको गौतको भनाई छ । माया घरमा अहिले ८७ जना महिला आश्रय लिइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर