
२६ आषाढ २०७८, शनिवार
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् ।
२०२१–२०२३ का लागि अध्यक्ष पदमा जुलाई १५ मा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेका गाहा मगरले संस्थाको आर्थिक पारदर्शिता, सुदृढीकरण, भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान, नेपाली नागरिकताको निरन्तरता र नेपालमा सम्पत्तिको सुरक्षा तथा लगानी, युवापुस्ता र महिलाहरुको सहभागितामा उल्लेख्य वृद्धि, नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना, नेपाल हाउस परियोजना लगायतका विषयलाई मुख्य ऐजेण्डाको रुपमा अगाडि सारेका छन् । एनआरएनए युकेको अधिवेशन जुलाई 3१ तारिखमा हुदैछ ।