२६ आषाढ २०७८, शनिवार

स्याङ्जा को कालिगण्डकि गाउँपालिकामा कोरोना सक्रमितहरु वढिरहेका छन । कोरोना सक्रमितहरुको वृद्धि हुदै जान थालेपछि वडान
गाउँपालिकाले वडा न ४ -५ -६ -७ मा अर्काे सुचना जारी नहुदा सम्मको लागि वन्दावन्दि गर्ने निर्णय गरेको जनाएको छ ।

जसअनुसार अत्यावश्यक सेवाका सवारी साधनहरु(एम्वुलेन्स,दुध,फलफुल,तरकारी,खाधान्न ढुवानी गर्ने)वाहेक अन्य सवारी सन्चालनमा रोक लगाईएको छ । त्यस्तै खाधान्न,किराना,फलफुल,स्वास्थ मापदण्ड पुरा गरी विहान ६ वजे देखि ९ वजेसम्म मात्र सन्चालन गर्न पाईने छ ।

यसैगरी औषधी पसल चौविसे घण्टा खोल्न पाईने छ भने अन्य पसलहरु पुर्ण रुपमा वन्द गनुपर्नेछ । साथै लामो दुरीका अन्य स्थानवाट यस गाउँपालिका हुदै अन्यन्त्र जाने सवारी साधनलाई रोक्न,यात्रु चढाउन र ओराल्न नपाउने गरी सन्चालन गर्न दिने भएको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर