२५ आषाढ २०७८, शुक्रवार

नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) विधि, विधान र संविधानविपरित चलेको टिप्पणी गरेका छन् ।

‘माओवादी केन्द्र, नेपालको कानून, संविधान र दलसम्बन्धी ऐनअनुसार यो पार्टी चलेको छैन् । एक प्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ,उनले भने ।

करिब करिब २८÷३० वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो । तर, त्यो पनि नाम मात्रैको थियो । २०६९ सालमा त्यसलाई वैधानिक मानिएपनि । तर, त्यस्तो प्रकारको प्रतिष्पर्धा भएन । ताली पिट्ने काम मात्रै भयो ।

अहिले २०७८ साल भयो ,९ वर्षसम्म अर्को महाधिवेशन भएको छैन् । २०७५ मा एमालेसँग एकता भयो । २ वर्ष त नेकपाको रुपमा रहया, त्यसलाई मान्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको ७ वर्ष भयो ।

दलसम्बन्धी ऐनमा के भनिएको छ भने प्रत्येक पाँच वर्षमा महाधिवेशन हुनुपर्छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी कहाँ पुगिसक्यो । आकाश पाताल कहाँ पुगिसक्यो । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न मिल्छ ? यो असंवैधानिक कदम भयो नि ।’उनले भने

 

प्रतिक्रिया

सम्बन्धित खवर