२५ आषाढ २०७८, शुक्रवार

स्याङ्जामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो ।

https://amzn.to/4myfPN5

जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गर्नेगरी निजी र सरकारी सवारी साधनमा जोर बिजोर प्रणली शुरु भएको छ । तर सार्वजनिक सवारीसाधनले पुर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई ५० प्रतिशत मात्रै यात्रु चडाउन पाइने भएको छ ।

बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने, औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ देखि साझ ७ बजेसम्म मात्रै खुल्ला गरिएको छ ।

अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।त्यस्तै धार्मिक स्थलहरुमा नित्य पूजा मात्रै गर्ने, विवाह, प्रतबन्धलगायत अन्य संस्कार जन्य कायमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिवार्य गर्न र विवाहको हकमा लागी दुबै पक्षका गरी २५ जना बढी सहभागि हुन पाईनेछैन् ।

कोरोनाको दोस्रो लहरसँगै जिल्लामा हालसम्म एक सय १७ ज्यान गुमाएका छन् भने ४ हजार २ सय ८९ जना संक्रमित मध्ये हाल २ सय ९३ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर