ललितपुर, २०७७ भदौ ४ गते
ललितपुर महानगरपालिका-९ बालकुमारी पुलबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई बिहीबार  प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एकाक्सी प्रहरीलाई हातपात गरे पश्चात उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका २  प्रहरी  बि एण्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर