
२३ आषाढ २०७८, बुधवार
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले विभाजन गरिदिँदा माओवादी छाडेर एमालेमा प्रवेश गरेका नेताहरुले माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन् ।
एमालेमा प्रवेश गरेकै कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिन लागेका हुन् ।
२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिने तयारी गरेको हो ।
सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेकपाको एकता खारेज गरेपछि एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको थियो ।
त्यही कारणका कारण उनीहरुको सांसद पद गम्यो । अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको भन्दै उनीहरु माओवादी केन्द्रविरुद्ध आयोग जान लागेका हुन् ।