२२ आषाढ २०७८, मंगलवार

मलेसियामा सफल ब्यावसाय गर्दे आउनु भएका विरेन्द्र नेगीले दैलेखका मृगौला पिडितलाई सहयोग गर्नुभएको छ ।

मृगौला पिडित भएको थाहा पाएपछि विरेन्द्रले दैलेख गुराँस गाउँपालिका वडा न ७ ओख्रेनीका डम्मर घर्ती मगरलाई सहयोग गर्नु भएको हो ।

वेला वेलामा विभिन्न नेपालीलाई सहयोग गरिरहनु भएका नेगीले यो पटक डम्मरको उपचारको लागि ५ हजार सहयोग गर्नु डम्मरका परिवारले जानकारी गराएका छन । डम्मर केहि समय विदेशमा वसेका थिए ।

उनको मृगौला विदेशमा नै खराव भैसकेको थियो । विदेशमा उपचार गर्न असहज हुने भएपछि उनी नेपाल फर्किएका थिए । हाल उनको काठमाण्डौ महाराजगन्जमा रहेको शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
शिवालय गाउँपालिका वडा न ३ जाजरकोटमा  जन्म भई वैजनाथ गाउँपालिका वाँकेमा स्थाई वसावोस गर्दे आउनु भएका विरेन्द्र करीव पन्ध्र वर्ष देखि मलेसियामा ब्यापार ब्यवसाय गर्दे आउनु भएको छ ।

सहयोगि विरेन्द्र यो पटक मलेसियाको एनआरएनको आईसिसि सदस्यमा आफनो उम्मेदवारी दिने चर्चा चलिरहेको छ । उहाँ मलेसियाको विभिन्न संघसंस्थामा समेत रहदै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर