१९ आषाढ २०७८, शनिवार

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३१ जनामा संक्रमण पुष्टि भएको छ भने २० जना निको भएका छन् । १८४ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १२, देवदह नगरपालिकामा ७ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, सैनामैना नगरपालिकामा ३ जना, मायादेवी गाउँपालिका र कञ्चन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् ।

जिल्लामा अहिलेसम्म जिल्लामा ४८८ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३०६ रहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर