१९ आषाढ २०७८, शनिवार

जनकपुरमा २०४ किलो लागुऔषध गाँजासहित सहित एकजना पक्राउ परेका छन ।

https://amzn.to/4myfPN5

पक्राउ पर्ने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ रहेको धनुषा प्रहरीले जनाएको छ ।

उनले उक्त गाँजा घरमा लुकाएर राखेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका आरोपी महासेठ यसअघि २०७४ साउन १५ गते लागुऔषध गाँजासहित पक्राउ परेकोमा जिल्ला धनुषा अदालतको आदेशअनुसार १ महिना कैद भुक्तानी गरी उनी रिहा भएका थिए।

त्यसको ठीक एक वर्षपछि प्रहरीले महासेठलाई पुनः लागुऔषध गाँजासहित पक्राउ गरेको थियो। जिल्ला अदालतको आदेशअनुसार लगभग एक महिनापछि १५ हजार धरौटी बुझाएर महासेठ रिहा भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर