
१९ आषाढ २०७८, शनिवार
विदेशमा छोराले राम्रो काम नपाएपछि विदेश पठाउने एजेण्टलाई वुवाले गोली हानेर हत्या गरेका छन ।
कपिलवस्तु कृष्णनगर नगरपालिका १० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विजयनगर गाउँपालिका १ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।
कुर्मिले २०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरेका थिए ।
हत्यागरेपछि भागिरहेका कुर्मीलाई नेपाल भारतको सिमावाट पक्राउ गरिएको प्रहरीले वताएको छ ।
कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए।
पुरीले बहराइन पठाएको भएपनि कम्पनी राम्रो नभएपछि कुर्मीले पैसा फिर्ता माग्न थालेका थिए ।
तर एजेण्ट पुरीले पैसा भने फर्काएका थिएनन ।
पटक-पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना वनाएका थिए । कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन्।
अन्यको खोजी भैरहेको र कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको प्रहरीले वताएको छ ।